logo
  • शनिबार, असोज १० २०८३

जिल्ला प्रशासन अगाडी नै कर्मचारीको धर्ना


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी साउन २४ ।

सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु धर्ना बसेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी नायब सुब्बाका कर्मचारीहरु झण्डै एक घण्टा धर्ना बसेका हुन् ।‘संघीय निजामती ऐन तुरुन्त जारी गर्’, ‘राजपत्र अंकित कर्मचारी माथिको विभेदपूर्ण तलब समायोजन खारेज गर्’ जस्ता प्ले कार्ड सहित कर्मचारीहरु धर्नामा बसेका हुन् । शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुल्लातर्फ ५०, बढुवा ३० र आन्तरिक अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग राख्दै धर्ना गरिएको निजामति कर्मचारी ट्रेड यूनियनका अध्यक्ष खिमलाल अधिकारीले बताए ।

देश संघीय संरचनामा गइसक्दा पनि सरकारले निजामती सेवा ऐन ल्याउन नसकेको भन्दै सकेसम्म छिटो उक्त ऐन ल्याउन समेत अधिकारीले आग्रह गरे । नायब सुब्बाका कर्मचारीहरुले आज बिदा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend