साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी साउन २२ ।
गुल्मीमा आइतबार बिहानै ट्रक पल्टिदा एक चालकको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१० सिमिचौर काभ्रेस्थित लु १ ख १८६६ नम्बरको ट्रक पल्टिदा चालक गुल्मीदरबार गाउँपालिका –३ का अन्दाजी ३२ बर्षिय रन बहादुर ढेगाको ज्यान गएको हो ।
नगरपालिकाकै राङबासबाट सामान छोडेर तम्घास फर्कदै गर्दा आइतबार बिहान ७ बजेको समयमा ट्रक दुर्घटनामा परेको शशस्त्र प्रहरी बल गुल्म गुल्मीका डि.एस.पी, निबन खड्काले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend