logo
  • शनिबार, असोज १० २०८३

नेपाल फिल्म सोसाईटीको केन्द्रिय अध्यक्षमा पुन: कृष्ण मल्ल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, साउन २० ।
नेपाल फिल्म सोसाईटीको साधारणसभाबाट केन्द्रिय अध्यक्षमा पुन: सर्वसम्मत विशिष्ठ अभिनेता कृष्ण मल्ल चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा वरिष्ठ अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सदस्यहरु चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन गरिएको छ ।

साधारणसभामा वार्षिक प्रतिबेदन, आर्थिक प्रतिवेदन र लेखा परिक्षक नियुक्ति बारे प्रस्ताव पेश गरिएको थियो । बिगत लामो समय चलचित्र क्षेत्रको हक अधिकार र उत्थानको लागि समर्पित नेपाल फिल्म सोसाईटी सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था हो । नेपाल फिल्म सोसाईटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।

उक्त अवसरमा सल्लाहकारहरु चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, वरिष्ठ निर्देशक उज्जल घिमिरे, अधिवक्ता कृष्ण प्रशाद ढुंगाना, कृष्ण पाठक, संचारकर्मी सुर्य चन्द, वाई एल लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend