logo
  • शनिबार, असोज १० २०८३

सामाजिक सञ्जालमा भ्रामक सन्देश सम्प्रेषण नगर्न मुसिकोट नगरप्रमुखको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ्ग साउन २० ।
गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रका बर्थिङ सेन्टर तथा वामीटक्सार स्वास्थ्य चौकी लगाएत अधिकांश स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन चालु अवस्थामा रहेको जनाएको छ। शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले सवै कन्सन्ट्रेटर मेसिनबाट नेबुलाइजेसन र अक्सिजन दिन मिल्ने र सोहि अनुसार नै सेवा प्रवाह भैरहेको जनाएको छ ।

नगरप्रमुख जिवलाल खरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनताप्रतिको उत्तरदायित्वपूर्ण विषयमा सामाजिक सञ्जालमा गलत एवं भ्रामक समचार सम्प्रेषण भएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यस्ता गतिविधि नगर्न सचेत गराएको छ। विज्ञप्ती मार्फत नगरपालिकाले स्वस्थ सुझाव तथा रचनात्मक आलोचनाको तरिका अपनाउन सम्बन्धित सवैलाई आग्रह गर्दै नगरपालिकाले नगरवासीको गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता पुरा गर्न संस्थागत विधि अनुरुप जनताप्रति उत्तरदायी भएर नगरपालिका अघि बढिरहने संकल्प गरेको छ।

भ्रामक, प्रतिशोधपूर्ण र दुराग्रहपूर्ण लाग्नेगरी कर्मचारीहरुको हुर्मत लिने मनासायले पेशागत मर्यादा र व्यक्तिगत जिवनमा समेत आँच आउने तवरबाट सामाजिक संजालमा आएका समाचारका कारण आम जनसमुदाय तथा सेवाग्राहीहरु भ्रममा पर्ने भन्दै नगरपालिकाले त्यस प्रकारको भ्रममा नपर्न नागरिकलाई अनुरोध गरेको छ।

केहि दिन यता मुसिकोट नगरपालिका भित्रका स्वास्थ्य संस्थामा नेवुलाइजर मेसिन समेत नभएको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो। जसका कारण जनतामा भ्रम भएको भन्दै नगरपालिकाले विज्ञप्ती निकालेको जनाएको छ।

हाल मुसिकोट नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ वटा शहरी स्वास्थ्य केन्द्र, २ वटा सामुदायिक स्वास्थ्य ईकाइ, ३१ वटा खोप केन्द्र, २४ वटा गाउँघर क्लिनिक, ७ वटा वर्थिङ सेन्टर रहेका छन्। ति स्वास्थ्य एकाइमा स्वास्थ्यकर्मिले तथा समुदायमा ११९ जना महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुबाट आधारभूत स्वास्थ्य सेवा पुयाइरहेका छन्।

मुसिकोट नगरपालिकामा एउटा पनि प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पताल नरहेको नगरपालिकाले स्पष्ट पारेको छ। यद्यपी विगतको समयमा करिव २ वर्ष चिकित्सकीय सेवा प्रवाह गरेको नगरपालिकाले पुनः सो सेवाको लागि तयारी भैरहेको जनाएको छ। सो सेवाको लागि केहि समय लाग्ने स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend