logo
  • शनिबार, असोज १० २०८३

गाउँटोलबाटै सामाजिक सुरक्षा भत्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

ऋषी विश्वकर्मा, गुल्मी साउन १५ ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नं ८ भार्सेमा गाउँटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै नवनिर्वाचित वडाध्यक्ष होम बहादुर रानाले गाउँपालिका प्रमुख टिकाराम पाण्डे र बैंकसँगको सहकार्यमा गाउँटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैैंकसँग सहकार्य गरेर गाउँटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडाध्यक्ष होम बहादुर रानाले बताउनु भयो । निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको गाउँपालिका ८ भार्सेका वडाध्यक्ष होम बहादुर रानाले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा सत्यवती गाउँपालिका ८ भार्से वडा कार्यालयबाट टोल नं ३,४,५,६,७,८ र ९ लाई वितरण गरिएको छ । साथै १ र २ टोललाई इश्वरी प्राइमरी स्कुल पैयापाटाबाट वितरण गरिने वडा अध्यक्षले जानकारी दिनुभएको छ ।

आफ्नै गाउँटोलबाट सामाजिक सुरक्षा भत्ता पाउँदा ८०/९० वर्ष पुगेका वृद्ध बुवा आमाले घन्टौ लागेर बैंक पुग्नुपर्ने अनि बुझेको भत्ता जादा आउदा खर्च हुने लाइनमा भोक-भोकै बस्नुपर्ने बाध्यता हटेकोमा वृद्ध बुवा आमाले खुशी प्रकट गर्नुभएको छ ।

उक्त कार्यमा सहजीकरण गरिदिनु हुने गाउँपालिका प्रमुख वडा नं ८ वडाध्यक्ष होम बहादुर राना एनसीसी बैक (सत्यवती शाखा) र सुरक्षा निकायका कर्मचारीहरु तथा वडा सदस्यहरुको सहयोगमा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend