logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा पुरुषको शव फेला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी साउन १४ ।
गुल्मीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अम्मरपुरका ३८ वर्षिय टिका बहादुर कुमालको शव शनिबार फेला परेको हो । उनको धुर्कोट गाउँपालिका –५ वस्तु गान्टारी स्थित छल्दी खोलाको किनारमा शव भेटिएको हो ।

शवको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend