साझा नेटवर्क
बुटवल, साउन ११ ।
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।
कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।
सख्त घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend