logo
  • शनिबार, असोज १० २०८३

रोटरी क्लब अफ काठमाडौंद्वारा स्वास्थ्य मंत्रालयलाई दुई लाख थान मास्क हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, साउन १० ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी रोटरी क्लब अफ काठमाडौंले स्वास्थ्य मंत्रालयलाई दुई लाख थान के–एन ९५ मास्क हस्तान्तरण गरेको छ ।
सोमबार स्वास्थ्य मंत्रालयमा आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष अच्युत बाबु ओझा नेतृत्वको टोलीले रोटरी अष्ट्रेलिया वर्ल्ड कम्युनिटी सर्भिसको सहयोगमा प्राप्त पचास लाख बाराबरको दुई लाख थान के–एन ९५ मास्क माननीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीलाई हस्तान्तरण गरेको हो ।
नेपालको पहिलो रोटरी क्लब, रोटरी क्लब अफ काठमाडौंले कोरोना भाइरस रोकथामका निम्ती कोभिड–१९ को पहिलो, दोश्रो र तेश्रो वेभका समयमा थापाथली स्थित प्रसुति गृहमा पि सी आर ल्याब स्थापना, दमक स्थित बाल अस्पतालमा चाइल्ड ईमर्जेन्सी यूनिट निर्माण, एक सय बढी स्वास्थ्य संस्थालाई १६८ थान अक्सीजन कन्सन्ट्रेटर बितरण लगाएतका अन्य कार्यक्रम पनि गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend