logo
  • शनिबार, असोज १० २०८३

पाल्पा बस दुर्घटना अपडेट : घाइतेको पहिचान, मृतकको सनाखत हुन सकेन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बुटवल, साउन ८।
पाल्पामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन । बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो।
घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन ५ का ३३ वर्षीय किषन श्रीष, बागलुङको बडीघाट १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल ११ का ५७ वर्षीय गोविन्द थापा, गुल्मी मझुवाकी २१ वर्षीया रचना सुवेदी, गुल्मीको चन्द्रकोट ८ का ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलवस्तुको वाणगंगा २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी चन्द्रकोट ८ की ६ वर्षीय रिया सुवेदी रहेका छन्।

त्यसैगरी गुल्मीको सत्यवती ६ का ३५ वर्षीय छविलाल ढकाल, नवलपरासीको बर्दघाटका ५६ वर्षीय अम्मरे कामी, गुल्मी सत्यवती ६ का १५ वर्षीय पुजन ढकाल, बागलुङ पाटनका ३० वर्षीय टेकलाल रसाइली, रौतहट वीरेन्द्रवन ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर, म्याग्दीको रुमा २ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँका ४ वर्षीय विश्वास रोका, रुपन्देही देवदह ७ का ६१ वर्षीय खडकबहादुर विक रहेका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको छ। घाइतेहरुको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको छ। सडकको डिल भासिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उक्त ठाउँ नजिकै यसअघि मलामी सवार बस दुर्घटना भएको थियो। गत पुस १८ गते बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend