logo
  • शनिबार, असोज १० २०८३

पाल्पा लघुवा बस दुर्घटना : ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

photo:setopati

पाल्पा, साउन ८ ।
पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । भने दुर्घटनामा परी  १७ जना घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको थियो । अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend