साझा नेटवर्क
काठमाण्डौं, ०२ साउन ।
गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधारा घर भई काठमाण्डौंलाई कर्मथलो बनाई नेपाली साहित्य संगीतको क्षेत्रमा उदाउदै गरेका गजलकार ,गितकार तथा मोडल विजय खड्का ‘गगन’को तीज कोसेली सार्वजनिक भएको छ ।
यस अगाडि नबद्लिन्छ जिन्दगीको सफलता पछि “अडिएन हत्केलामा” बोलको तीज गीतको म्युजिक भिडियो अनिता खड्का युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।आउँदै गरेको हरितालिका तीजको अवसरमा चेलीबेटी को पिर र व्यथालाई गीत मार्फत देखाउन खोजिएको छ ।
गायिका शान्ति श्री परियारको स्वर विजय खड्काको शब्द राजकुमार बगर लय गरेको उक्त गीत कमल सौरागले एरेन्ज गरेका हुन् । त्रिवेणी डिजिटल स्टुडियोले उत्पदन गरेको गीतको म्यूजिक भिडियोमा रमा थपलिया , दिदिराधा खड्का ,स्वयम्बिजय खड्का ,आहाना खड्का ,आचल कुमार शार्मा र गंगागुरुङले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend