logo
  • शनिबार, असोज १० २०८३

रुखबाट खसेका इस्माका कुमालको अवस्था गम्भिर

भाइ भन्छन्, खाली हात एम्बुलेन्समा छु, लालपुर्जा दिएर पनि रुप्पे कसैले पत्याएनन्


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी  साउन १ । 
इस्मा गाउँपालिका २ छल्दीका ६४ बर्षीय टिके कुमाल । शनिबार घाँस झार्ने क्रममा रुखबाट लडे । गुल्मी अस्पताल तम्घासका अनुसार कुमालको फोक्सो फुटेको छ ।

करङहरु पनि भाँचिएका छन् । गुल्मी अस्पतालमा सामान्य उपचारपछि बाहिर रेफर गर्नुपर्ने भयो । छोरा ज्ञान बहादुर र भाई टोप बहादुर कुमाल पैसाको जोहो गर्न गाउँ हिडे । तर, कुनै उपाय भएन् ।

गाउँदेखि बजारका साहुकोमा लालपुर्जा लिएर क्रृण खोज्न थाले । तर, एक रुप्पे कसैले नपत्याएको भाई टोपबहादुर कुमालले बताए । गाउँमा काम गरेर जिविकोपार्जन गरेको गरिव परिवारसंग एक हजार निकाल्ने पनि उपाय छैन् । बिरामीको अवस्था बिस्तारै जटिल बन्दै गएको छ । तर, परिवारसंग एम्बुलेन्स चढ्ने पैसा समेत छैन् ।

अवस्था गम्भिर र लालपुर्जा राखेर पनि उपचार खर्चको जोहो नभएपछि अस्पतालको तर्फबाट एम्बुलेन्स निशुल्क व्यावस्था गरेर वुटवल रेफर गरिएको गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । ‘वास्तविक गरिव उपचार गर्न लालपुर्जा बोकेर क्रृण खोज्छन् । धनीहरु गरिब बनेर सुविधा लिएका छन्,’उनले भने,‘कुमाललाई जिल्लामा उपचार सम्भव नभएकाले दिनमिल्ने सुविधा दिएर रेफर ग¥यौँ ।

परिवारले उपचारको लागि लालपुर्जा बोकेर उपचार खर्च जुटाउन हिड्दा पनि नपाएपछिको पीडाले मन पोले पनि आफुहरुसंग उपाय नभएको पच्याले बताए । कयौ परिवारले स्वास्थ्य बिमाको गलत प्रयोग गरेका छन् ।

बिमा रकम त्यतिकै खेर जाने भएकाले औषधी माग्ने र अनावश्यक चेकजाँच गर्नेहरु पनि छन् । तर, ती टिके कुमाल जसलाई बिमा आवश्यक पर्ने हो । उनीनै बिमाको पहुँचमा छैनन् । जसका कारण आज घाइते भएर जीवनमरणको दोसाँधमा हुँदा पनि एम्बुलेन्स चढ्ने र औषधी खाने पैसा छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend