साझा नेटवर्क
काठमाडौं, असार ३१ ।
गीतकार अमर बान्तु गीत “काठे भाकैले” सार्वजनिक भएको छ । लोकप्रिय गायिका द्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारि तथा गायक द्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समय देखि सयौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहेकी छिन। दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा लगायत अन्य गायक गायिकाहरुले फरक स्वाद नेपाली सांगीतिक क्षेत्रमा पस्केका छन् ।
कबि तथा गीतकार अमर बान्तु राई एक बहुप्रतिभाशाली व्यक्तित्व हुन् । उनले हरेक प्रकारका गित तथा साहित्यहरु पस्केर नेपाली भाषीहरु माझ लोकप्रियता कमाउदै साहित्यक क्षेत्रमा चम्किलो नक्षत्र बन्न सफल भएका छन्। उनै गीतकार अमर बान्तुको शब्दमा सजिएको ‘काठे भाकैले’ अहिले दर्शक श्रोता माझ आएको छ ।
छायाँकार नबराज उप्रेतीको छयांकन रहेको भिडियोमा निर्देशक गम्बिर बिष्टको निर्देशन रहेको छ । सार्बजनिक भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाइ फिचर्ड गरिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend