साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं।
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन्।
कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन्। यसैविच लोकप्रिय दोहोरी गायक पशुपति शर्माको यस बर्षको दोस्रो तिज कोसेली ‘कति नक्कल पार्न मन लाहोला’ भखर्रै सार्वजनिक भएको छ।
सुप्रसिद्ध गायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको आवाजमा सजिएको उक्त गितमा पशुुपति शर्माको उत्कृष्ट लय शब्द रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा आर्यान घिमिरे र रक्षा भट्टराईको डान्सिंग फिचर रहेको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् । गित Pashupati Sharma अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend