साझा नेटवर्क
कुमार “अविरल” पन्थी, काठमाडौँ असार २९ ।
हिन्दु महिलाहरुको तिज पर्व आउन झण्डै दुई महिना वढि समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्वले तछाड मछाड बनाई सकेको छ । कलाकाहरु यतिबेला तिज सम्बन्धी गीतहरु रेकर्ड गर्न, भिडियोहरु तयार गर्नमा व्यस्त छन । केहि कलाकारले तिजलाई पुरानै शैलीमा गीत सार्वजनिक गरेका छन् त केहिले आधुनिकतालाई मध्यनजर गर्दै गीतहरु बजारमा पठाएका छन् ।
यसै शिलशिलामा यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर लोकप्रिय गायिका कल्पना कुसुमले “कुर्ता सुरुवाल” बोलको तिज गीत सार्वजनिक गरेकी छिन । पछिल्लो केहि वर्ष यता लगातार तिज सम्बन्धी गीतहरु पस्कीदै आएकी गायिका कुसुमले यसवर्ष पनि तिज विशेष गीत सार्वजनिक गरेकी हुन ।
यसवर्ष सार्वजनिक भएको गीतमा तिज पर्वमा नारीका वेदनाहरु समेटिएर बन्ने भाकाहरुलाई समावेस गर्दै शिवजीले आफ्नो पुकार नसुनेको र ब्रह्माजीलाई विन्ती विसाएका कथा वस्तुहरु रहेको उनले साझा नेटवर्क सँगको संप्क्षित कुराकानीका क्रममा बताइन् ।
तिज गीतमा खासगरी नारीका बेदनाहरु समेटेर गाइने प्रचलन् रही आएको छ । त्यसैलाई मध्यनजर राखेर गीत सार्वजनिक भएको गायिका बताउछिन । गीतमा भगवानसँग नारीका गुनासाहरुलाई समेटेर तयार गरिएको उनको भनाई छ । आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका कल्पनाले लोक विधाका गीतहरुमा थुप्रै एल्बमहरु निकाली सकेकी छिन ।
गायिका कल्पनाको स्वर रहेको छ भने गीतको शब्द डा. शिव सुवेदीले लखेका छन् । अर्जुन पोखरेलको संगीत संयोजन रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ । काजीस श्रेष्ठको निर्देशन तथा नायिका वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको गीतलाई शिव सुबेदीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend