logo
  • शनिबार, भाद्र २० २०८३

लुम्बिनी प्रदेश समन्वय परिषदले पुर्व मुख्यमन्त्री शंकर पोखरेल सँग भेटघाट गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेकराज थापा,  दोहा ।
नेपाली प्रवासी मञ्च कतारको छैठौँ अधिबेसन सम्बोधनको क्रममा कतारको भ्रमणमा रहेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री नेकपा  कम्युनिष्ट पार्टी (एमाले)का श्रद्वय महासचिव शंकर पोखरेल सँग लुम्बिनी प्रदेश समन्वय परिषद कतारले  सिस्टाचार भेटघाट कार्यक्रम गरेको छ।
परिषद कतारका का.वा अध्यक्ष डिल्लीराम भट्टराई, संरक्षक कमलमणी गुुराँगाई, संरक्षक सदस्यहरु क्रान्ति सिंह, ईन्जिनियर अर्जुन प्रसाद भट्टराई, केवि हमाल,प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, सल्लाहकार दिप जङ्ग शाह, अनुशासन बिभाग संयोजक बलदेव राना, सदस्य बशन्तराज पुरी लगायत  कार्यसमिति एवं परिषद सदस्यहरु उहाँ रहेको रेडिसन ब्लु होटेलको कक्षमा उपस्थितहरु बीच  भेटघाट गरिएको  हो।
कार्यक्रममा उपस्थितहरु विच एक आपसमा परिचात्मक गरिनुका साथै उहाँले देशको बर्तमान अवस्था बारे जानकारी गराउनु भएको थियो । परम्परागत देखि नै भारतीय श्रमिकहरु नेपाल रहेको नयाँ काम कार्यहरुको लागि नेपाली श्रमिक कम रहेकोले सामान्य कंस्ट्रसनको लागि पनि भारतीय श्रमिकहरु नेपाल ल्याउने पर्न बाध्यता रहेको भारतका अधिकाम्स कम्पनीहरुले आफ्नै देशको नगरिक ल्याउने गरेको बताए । नेपालका निर्माण व्यावसायीहरुको आफ्नो कामको लागि ५०% भारतीय श्रमिक ल्याउने गरेको देशबाट दैनिक युवा शक्तिहरु बाहिरिने क्रमम तिब्र बढेकाले श्रम शक्तिमा कमि देखिएको त्यसलाई नेतृत्व सरकारले रोक्न न सक्नु दुखद रहेको बताए।
युवालाई रोक्न नसकेको सामाजिक मनोविज्ञान बाहिर जादाँ समाजले सम्मान रुपमा हेर्न दृष्टिकोणले पढनको  लागि युवायुवतीहरु विदेश जाने प्रविधि बढदो रहेकोले कोभिडको समयमा एउटा अवसर ठानेको त्यो पनि सफल हुन नसकेको  ५०/६० हजार स्वदेश र्फकिएका युवा पुन फेरी पुरानै काममा र्फकिएको यूवाहरुलाई लक्षित गर्दै आफु मुख्यमन्त्री हुँदा र्फकिनेहरुका लागि स्वदेशमै केहि गर्छु भन्नेहरुकालाई कृषिमा अनुदाननिति ल्याएको केहि युवाले गरेता पनि कृषिमा युवाको रुचि नै नदेखिएको बताए।
लुम्बिनी प्रदेशले बाटोघाटो निमार्ण खानेपानीमा विशेष जोड दिएको ४० हजार घर धुरीमा धारा जोडन सफल रहेको देश तत्काल नै श्रीलंकाको अवस्थाका न रहेको ६ महिना सम्म थेग्न सक्ने विदेशी मुुद्रा सुनिश्चित रहेको यस अघि आफु सरकारमा रहदा देशको बिदेशी संश्चित गर्ने आयात गर्ने मुद्रा ११ महिनाको रहेको मुल्य वृद्धि ३.७ रहेको थियो भने बर्तमान अवस्थामा ७.८ रहेको बताए।

कोभिडको समयमा राज्यकोषबाट रकम विकाश निर्माणको लागि खर्च नभएको एक प्रकारको समस्या रहेको अर्का तर्फ बैकहरुमा प्रसस्त पैसा न भएपछि ठुला ठुला परियोजनाले पैसाको अभाव हुने गरेकोदेशको मूल समस्या भनेकै कमिशनको खेल ले नै देशको यो अवस्था श्रीजना भएको आफुलाई समस्याहरु थाहा भएको ६ महिना भित्र समस्यको हल गर्न सकिने हामीलाई कमिशन चाहिएको होईन कमिशनको खेल अन्तय गर्न हो भने देशमा सहि देश तर्फ अगाडी बढने बताए ।

देशमा ६ महिना सम्म बस्तु सेवा आय गर्न सक्ने फन्ट रहेको हुुण्डी कारोवारले गर्दा बैकहरुमा भएको रकम रितिएको आम्दानी बढाउनको लागि उक्त क्षेत्रको व्यावसायिक क्षेत्रमा क्षमता वृद्वि गर्नुपर्ने तराइका केहि जिल्लाहरुमा विकाशको दृष्टिकोणले कपिलवस्तु बाँके जिल्ला पछाडि रहेको विशेष गरी मुस्लिम समुदायका मानिसहरु रहेको  बताए ।

नेपाल घुमन आउने पर्यटकहरुको लागि तारे होटल काठमाडौं पश्यात लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्ज रहेको स्मरण गराए । अबको ४ महिना पछि चुनाव नजिकदै गरेको स्मण गराउदै सरकार बदल्ने ठाँउ हुुदाँ हुुदै श्रीलंकाको बाटो जानुनपर्न त्यसको लागि जनताले आफ्नो भोट आफै सुनिश्चित गर्नु पर्ने सरकार हटाउन सकिने विद्रोहको बाटो जानु नपर्ने मतदानबाटै अन्त्य गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend