logo
  • शनिबार, असोज १० २०८३

उद्धारकर्ता छात्रहरूलाई सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जयस्वर जैसी,प्यूठान असार २८ ।

असार २२ गते झिमरूक नदीले ठुलाबेसी निवासी बालक शिशिर केसीलाई खोलाले बगाउँदै गर्दा गौमुखी माविमा अध्ययनरत छात्र चन्द्र सुनार (कक्षा १०) र सुशील सुनार (कक्षा ८) ले करिब ६०० मिटर टाढाबाट उद्धार गरी पुनर्जीवन दिएको खुसीयालीमा गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाको विशेष उपस्थितिमा गौमुखी बजार ईलाकाको आयोजना र जनक केसीको अध्यक्षतामा उनीहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले उद्धारकर्ता छात्रहरूको असाधारण कार्य भएको बताउँदै जति प्रशंसा गरे पनि नपुग्ने बताउनु भयो । वाणिज्य संघ प्यूठानका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेको संयोजकत्वमा उनीहरूलाई प्राप्त हुने सहयोगलाई व्यवस्थापनको लागि समिति समेत बनाइएको छ । उनीहरूको साहसिक एवम् बुद्धिमत्तापूर्ण कार्यको सम्मानमा सबैको हातेमालो अनिवार्य रहेको न्यौपानेले बताउनु भयो ।हालसम्म घर परिवार र अन्य विभिन्न महानुभावहरूबाट उच्च शिक्षा अध्ययनका लागि करिब ८३ हजार नगद रकम प्राप्त भएको छ भने निज उद्धारकर्ता विद्यार्थीहरू अध्ययन गर्ने विद्यालय गौमुखी माविका प्रधानाध्यापक माधबराज पोख्रेलले उनीहरूलाई कक्षा १२ सम्म अध्ययन गर्न लाग्ने सबै शुल्क छुट गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रमको सञ्चालन उद्धार गरिएका बालकको घर परिवारको तर्फबाट कवि केसीले गर्नु भएको थियो । परिवारको तर्फबाट कवि केसीले ३० हजार र एकीकृत बचत तथा ऋण सहकारी संस्थाबाट संस्थाका अध्यक्ष केशव केसीले २० हजार पुरस्कार घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend