साझा नेटवर्क
केशब गौतम, गुल्मी असार २५ ।
हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीतिक बजारमा तीजका गीतहरु आइरहने क्रम जारी छ । नया तथा पुराना सर्जक श्रष्टाले तिजका गीत बजारमा ल्याउनेको प्रतिस्पर्धा नै रहेको छ । यसै बिच गुल्मेली गायक अञ्जान गौतमको सृजना र स्वरमा निकै मौलिक तीज कोसेली “बाटै बाट फरिकाइदेउ” बजारमा आएको छ ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका २ झिरबासमा जन्मिएका गायक गौतमको “बाटै बाट फरिकाइदेउ” पाचौ तीज कोसेली हो । यस भन्दा पहिले यसपाली तीजैमा केलाम केलाम भो, छोटो जामले, बरिलै र कर्कलाको पात जस्ता तीजका गीतले अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका थिए ।
यिनै गीतहरुको अपार सफलता पछि गौतमले यो बर्षको तीजलाई मध्यनजर गदै बाटै बाट फरिकाइदेउ बजारमा ल्याएका हुन । मौलिक विषय बस्तुलाई कथाबस्तु बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ । गीतमा लय तथा शब्द सिर्जना अञ्जान गौतम रहेको छ भने लक्ष्मी खड्का र अञ्जान गौतमको आबाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक बनेको छ ।
चर्चित मोडलहरु बिनिता दाहाल, सफिना मगर, बिशाल मगर र सन्तोष श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा निर्देशन तथा छायाँकन दुर्गा श्रेष्ठ र सम्पादन जोन राइले गर्नुभएको गीतको म्युजिक भिडियो उक्त गीतका गायक अन्जान गौतमकै आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend