logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए कतारद्वारा नवनियूक्त राजदूत डा. ढकाललाई स्वागत


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा, असार २४ ।
नेपाल सरकार बाट कतारका लागि नव नियूक्त राजदुत डा. नरेश बिक्रम ढकाललाई गैरआवासिय नेपाली संघ कतारका कार्यसमिति र कतारबाट आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुले नेपाली दूतावासको सभाहलमा विहिबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा सहभागी गैरआवासिय नेपाली अभियान्ताको समुहले राजदूतलाई कतारमा स्वागत गर्दै कार्यकाल सफताको शुभकामना व्यक्त गरेको हो ।
स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डकालले  गैरआवासिय नेपालि संघ लाई धन्यवाद ब्यक्त गर्दै आगमी दिनहरुमा कतारमा रहेका नेपालिहरुको लागि नियोगबाट प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण गर्दै अगाडि बढाईने र नेपाली समुदायको लागि गैरआवासिय नेपाली संघले गर्ने हरेक गतिविधिहरुमा नेपाली नियोगको साथ सहयोग रहने र सहकार्य गर्ने जानकारी गराएका छन् ।

एनसीसी कतारले स्वागत तथा भेटघाट कार्यक्रमको व्यवस्थापनमा सहजीकरण गरिदिने दूतावास परिवार र सहभागी गैरआवासिय नेपाली संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषदका अभियान्ताहरुलाई एक विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend