साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान असार २३ ।
गौमुखी गाउँपालिका प्युठानले आर्थिक बर्ष २०७९/८०को बजेट पारित गर्दै गौमुखी गाउँपालिकाले कृषि तथा पशु पन्छी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्दै सम्पन्न गरेको छ ।
“कृषि शिक्षा पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो ! सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो “भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिकाको गाउँ सभा तथा बार्हौ अधिवेशनमा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले लोकप्रियताका कार्यक्रमलाई प्राथमिकताको आधारमा अगाडि सारेको र कृषि तथा बन्यजन्तु तथा उत्पादनको बजारीकरण, २० युनियनको बिधुत महसुल निशुल्क, सुत्केरी संग पौस्टिक आहार प्याकेज, सबै वडामा एक हप्तामा एकपटक डाक्टर सेवा, उत्कृष्ट उपभोक्तालाई पुरुस्कृत, गाउँपालिकाको आबधिक गुरु योजना दिगो बिकासको अबधारणा लगायतका कार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना मगरले आ ब २०७९/८० को बजेट ब्यक्तब्य पस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पुर्बधार, सडक, खानेपानी,महिला बालबालिका,पशु लगायतमा सम्मानजनक बजेट बिनियोजन भएको बताउनु भयो । ४७ करोड ७९ लाख ९८ हजार बराबरको बजेट गाउँ सभा समक्ष प्रस्तुत गर्दै सर्बसहमतीले बिनियोजित बजेट पारित गरिएको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend