logo
  • शनिबार, असोज १० २०८३

व्यक्तिको जग्गामा पाँच लाखको सरकारी भवन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार २३।
गुल्मीमा व्यक्तिको जग्गामा सरकारी भवन बनाउन लागिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –२ विश्शुखर्कमा व्यक्तिको जग्गामा ‘भिरखानी सामुदायिक भवन’ बनाउन थालिएको हो । उक्त जग्गा स्थानीय लक्षमण गौतम, कृष्ण गौतम, गुणाखर गौतम र तुलसा गौतमको संयुक्त नाममा छ । तर वडा र शहरी विकास तथा भवन कार्यालयले मनपरी हिसाबले सरकारी रकम व्यक्तिको जग्गामा लगानी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
‘कुनै कारणबस् जग्गा पास नभए त्यसको जिम्मा कसले लिन्छ ?’ नाम नभन्ने सर्तमा एक स्थानीयले भने, ‘व्यक्तिकै जग्गामा सरकारी रकम लगानी गरेर राज्यले रकम दुरुपयोग गरेको छ ।’ चालु आर्थिक बर्षका लागि शहरी विकास तथा भवन कार्यालय, पाल्पाबाट काम हुनेगरी विश्वुखर्कमा उक्त भवनको नाममा पाँच लाख बिनियोजन भएको थियो ।

कोटेशनबाट भएको काममध्ये अहिले पिलर उठाउने सम्मको काम भएको छ । कार्यालयका प्रमुख हरी भक्त श्रेष्ठले स्थानीय तहको वडाबाट बनाउने सिफारिस आएकोले काम सुरु भएको प्रतिक्रिया दिए । ‘स्थानीय तहबाटै काम गराउने पत्र आएकोले सुरु गरिएको हो ।’ उनले भने, ‘क्रमागत योजना हो, अहिले नै पुरा हुँदैन ।

वडाध्यक्ष कमल केसीले भने मौखिक सहमतिका आधारमा भवन बनाउन लागिएको प्रतिक्रिया दिए । जग्गावाला सबै जापान भएको र नेपाल आउनेबित्तिकै जग्गा पास गर्ने र त्यसको जिम्मा आफु लिने केसीले बताए । ‘त्यत्ति जग्गा पास गर्न मात्रै जापानबाट यहाँँ (चन्द्रकोट) आउनुहुन्न ।’ उनले भने, ‘उनीहरुका काठमाडौमा पनि घर छन्, अझै रकम चाहिए पनि दिने भन्नुभएको छ ।’ अहिलेको पाँच लाखबाट जग र पिल्लर राख्नेसम्मको मात्रै काम हुने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend