logo
  • शनिबार, असोज १० २०८३

वरिष्ट सौन्दर्यविद मगरद्वारा मनुज युनिसेक्स ब्युटी सलोनको उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, असार २३ ।
सौन्दर्यकर्मी मन कुमारी पुन द्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राइ, सौन्दर्यकर्मी प्रिती शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी मन कुमारी पुन द्वारा सञ्चालित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो। लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत महिला तथा पुरुषहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मन कुमारी पुनले बताइन ।

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend