साझा नेटवर्क
काठमाण्डौं, असार २३ ।
तिज पर्व नजिकिदै गर्दा बिशाल मुभिज मार्फत सामाजिक यथार्थ कथामा आधारित तिज गीती कथा बिरहको तिज (भाग-२) बजारमा आएको छ ।
चर्चित गायक गायिकाहरु ईन्द्र जि.सी.,हुम गैरे,जमुना राना,धिरज खत्री,राम परियार,कमला बि.शी. र बिमला गैरेको स्वरमा रहेको गीतको लय तथा शब्द संकलन हुम गैरेको रहेको छ ।
चेलि र माईती बिचको तिज सम्बन्धी पिडादायी गीती संवाद रहेको गीतमा पछिल्लो समयका चर्चित मोडलहरु धिरज खत्री, रमा ठकुरि, करिष्मा परियार, अनन्त भण्डारी, दिपक लामिछाने, बिनोद कंडेल र सिर्जना पाण्डेको जिबन्त अभिनय रहेको छ ।
गायक,सर्जक गैरेकै निर्देशन तथा सम्पादन रहेको गीतलाई पछिल्लो समयका ब्यस्त क्यामेरामेन कृष्ण के.सी.ले खिचे हुन् भने भिडियोको निर्माण नियन्त्रण देश राईले गरेका हुन् ।
तिज गीतमा मौतिकता हराईरहेको अवस्थामा यो मौलिक पिडादायी तिज गीती कथा बिरहको तिज ९भाग २० ले सबैको मन जित्ने आशा गरिएको कुरा गीतका गायक ईन्द्र जिसीले बताए । तिज गीती कथा बिरहको तिज ९भाग २० लाई सफलताको शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend