logo
  • शनिबार, भाद्र २० २०८३

बिपी कोइरालाको सम्झनामा नेपाली जनसम्पर्क समितीआयरल्याण्डद्वारा बिपी स्मृति पूल सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,काठमाडौं। 
बिपी कोइराला  सम्झनाको अवसर पारेर आयरल्याण्ड स्थित कोर्क शहरको ‘द मर्डेक इन्टरटैन्मेण्ट कम्प्लेसको सभा हलमा सोमबार ‘बिपी स्मृति पुल  पर्तिस्पर्धा’ सम्पन्न भएको छ ।
आयरल्याण्डमा बस्ने सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध पार्ने र आपशी सद्भावको मैत्रीपूर्ण वातावरण कायम राख्ने उदश्यले पूल पर्तिस्पर्धा आयोजना गरिएको थियो ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सभापति अंकित ओलीको सभापतित्व एवं गैर आवाशीय नेपाली संघ यूरोप पूर्व उपसंयोजक तथा नेपाली जनसम्पर्क समिती आयरल्याण्डका  संस्थापाक  सभापति सुक्रराज न्यौपानेको प्रमुख आथित्यतामा सम्मपन्न कार्यक्रममा विशिष्ट अथितिको रुपमा एनआरएनएन एनसीसी आयरल्याण्डका अधक्ष्य बिनोद कार्की आतिथ्यता रहेको थियो।

त्यसैगरी अतिथिमा प्रवासि नेपालि मञ्चका आयरल्याण्डका अधक्ष्य बसन्त न्यौपाने, नेपाली जनसम्पर्क समिती आयरल्याण्डका पूर्व काबा सभापति लक्ष्मी सापकोटा, कोर्क नेपाली समाजका अधक्ष्य लोकनाथ त्रिपाठी, कोर्क नेपाली समाजका अधक्ष्य टेक नारायण पौडेल,  प्रवासी   नेपाली  मञ्चका आयरल्याण्डका महासचिब  रेन्द्र अधिकारिको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पहिलो स्थान लिन मनिष अधिकारी  सफल भएका छन् भने, दोस्रो स्थानमा रुपेश महरजन आफुलाई विजयी बनाउन सफल भएका थिए । निकै रोचक रहेको उक्त खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै लगनशील खेलाडि अरुण गुरुङ तेस्रो स्थान हासिल गरेका हुन् ।

कार्यक्रमा विजयी खेलाडिहरुलाई नगत, शिल्ड र प्रमाणपत्रले सम्मन गरिएको थियो भने खेलमा सहभागी सबै खेलाडिहरुलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो। नेपाली जनसम्पर्क समिती आयरल्याण्डका महामन्त्री चमन राणाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।





प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend