logo
  • शनिबार, असोज १० २०८३

स्थानिय भन्छन : बिजुली नहुँदा छोराछोरीले पढ्न पाएका थिएनन्, अब समस्या हट्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

चेतन विष्ट, कपिलवस्तु असार २२ ।
अन्धकारमै जिवन बिताउन बाध्य भएका अर्घाखाँचीको शितगंगा नगरपालिका ९ का स्थानिय गाउँमा बिजुली पुगेपछी नाचगान सहित आफुहरुको खुसी ब्याक्त गरेका छन । लामो समयको पर्खाइ पछी वडाको पाँकुरी, देउराली, ठाडाखोला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेपछी स्थानियले नाचगान सहित खुसी व्यक्त गरेका छन ।
विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको बिजुली विस्तारअन्तर्गत वडाका उक्त बिकट गउँमा गएको बिजुली बत्ती लाई पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भीम केसीले बिजुली बत्तीको स्विच अन गरेर उद्घाटन गर्नुभएको थियो ।

वडाका अन्या गाउँमा वर्षैँ अघिदेखी नै बिजुली गए पनि उक्त बिकट गउँहरुका स्थानियले भने लामो समयको पहलपछी बजीलु बाल्न सफल भएका हुन । बिजुली विस्तार अन्तर्गत पहिलो चरणमा त्याँहाका एक सय ६० घरमा बिजुली पुगेको हो ।

घरमा बिजुली नहुँदा घरयासी काम गर्न मात्र नभएर, विद्यार्थीले आफ्नो पढाइलाइ प्रभावकारी रुपले अघि बढाउन पनि नसकेको दुख लाई सम्झिदै अब ति दुखका दिन गएको भन्दै स्थानियले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend