साझा नेटवर्क
काठमाडौं २२ असार ।
लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।
गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर रहेको छ ।
अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचनाकार भने एस.पी सापकोटा रहेका छन्। स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतकि प्रख्यात गायिका लता मंगेस्करको नेपाली गित “बाँचुन्जेलीलाई” मा समेत संगीत भरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend