logo
  • शनिबार, साउन ३० २०८३

लोकप्रिय गायिका निर्मला थापा मगरको नयाँगित “चुलबुले माया” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं असार २२ ।
लोकप्रिय गायिका निर्मला थापा मगरको नयाँ गित “चुलबुले माया ” बजारमा सार्बजनिक भएको छ । गणेश अधिकारीको लय शब्द रहेको गीतमा निर्मला थापा मगर र गणेश अधिकारीको स्वर रहेको छ ।

गीतमा स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन र बबिन सिङ ठकुरी,सम्पृया खड्का,बर्षा लम्साल,प्रकाश दुरा लगायतका कलाकारको  उत्कृष्ठ अभिनय  रहेको छ । भर्खर भर्खर माया प्रेममा जोडिएका नयाँ जोडीहरुमा एक अर्कामा हुने माया,संका,उत्सुकता र एक अर्कालाई  हेर्ने नजर आदि कथा बस्तु समेटिएको गितमा भिडियो पनि उत्तिकै दमदार बनेको छ ।

दर्जनौ चर्चित गितहरु गाएर दर्शक र श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका निर्मला थापा मगर केहि दिन अघि काठमाण्डूमा सम्पन्न आठौँ नेशनल क्यापिटल अवार्ड २०७८ मा सर्वोकृष्ट लोक दोहोरि गायिका बन्न समेत सफल भएकी थिईन । गित गायिका निर्मला थापा मगर को अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ।


हेरौ गीतको भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend