साझा नेटवर्क
टोपलाल अर्याल
गुल्मी, १६ असार
किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन् । तर, अहिलेसम्म मल छैन् । उत्पादन गरेका सामग्री नविकेर अर्को समस्या खेपिरहेका छन्, किसानहरु । त्यो माथि मनसुन जन्यक्षति र बन्यजन्तुको चपेटामा पनि कृषक छन् । केहि दिन अघि इस्मा र मुसिकोटका कृषकको सयौ रोपनी मकै बंदेलले नष्ट ग¥यो । बाँदर र ढेडुवाले जिल्लाका सवै स्थानका किसान समस्या छन् । सत्यवति, मालिका, इस्मा, मुसिकोट, मदाने, धुर्कोट, रेसुंगा नगरपालिका, छत्रकोट र रुरु क्षेत्रका केहि गाउँमा बाँदरको कारण खेती गर्न र मान्छे बसोबासनै गर्न छाडेका छन् ।
इस्मा गाउँपालिका ४ का अगुवा कृषक ओम कुवंरले बदेलका कारण दुई बर्षदेखि बाँझो राखेको खेतमा अहिले मकै रोपेपनि एउटा घुँगो भित्राउन नपाएको गुनासो गरे । उनले बंदेल प्रभावित क्षेत्र घोषणा गरेर किसानलाई बैकल्पिक उपाय दिन सरकारसंग माग गरे । अहिले इस्मा र मालिका क्षेत्रमा बंदेलको आतंक बढेको छ । सत्यवति गाउँपालिका १ र दुईका दर्जन बढि परिवारले मकै स्याहार्न पाउँदैनन् ।
खेतबारीको मकै भित्राउने त परैको कुरा घरमै आएर कुटपीट गर्ने गरेको स्थानीय शिक्षक शेर बहादुर कुवरले बताए । रेसुंगा नगरकै अधिकांश वडाका नागरिक बाँदर र ढेडुवाबाट पीडित छन् । जेठदेखि असोज अन्तिमसम्म एकछिन बारी छोडे बाँदर र ढेडुवाले मकै सक्ने रेसुंगा नगरपालिका ७ का बिष्णु पन्थीले गुनासो गरे । उनले गाउँमा बृद्धबृद्धा मात्रै हुने र ठुलो संख्यामा बाँदर र ढेडुवा बारीमा पस्ने भएकाले स्थानीय सरकारले हेरालु राख्दिन पर्ने माग गरे ।
हावाले सयौ रोपनीमा लगाएको मकैमा क्षति
बंदेल, बाँदर र ढेडुवाबाट मात्रै किसान पीडित छैनन । भर्खरैको बर्षा र हावाले जिल्लाका विभिन्न ठाउँमा सयौ रोपनी खेतबारीमा लगाएको मकै ढलाएपछि किसानहरु पीडामा परेका छन् । जिल्लाको इस्मा, धुर्कोट, मुसिकोट र रेसुंगाकै विभिन्न स्थानमा हावा र पानीले मकैमा ठुलो क्षति गरेको छ । भर्खर धान फाल्ने र फल्ने बेलाका मकै हावाले ढलाएपछि किसानहरु पीडामा रहेको इस्मा गाउँपालिका ३ का राम बहादुर नेपालीले गुनासो गरे । उनले मंगलबार रातिको हावाले दर्लामचौरका अधिकांश किसानको मकै कामनै नलाग्ने गरेर नष्ट गरेको गुनासो गरे । उनले स्थानीय वाबुराम जिसीको ठुलो मात्रामा खुर्सानीमा पनि हावाले क्षति गरेको बताए । मुसिकोट नगरको कुर्घा, मुसिकोट, वडागाउँ, छल्दी पनाहका फाँट र अर्जे तथा अम्मरपुरमा हावाले मकैलाई क्षति गरेको गुनासो गरे ।

जंगली जनावरसंगै कुकुर आतङ्क
केहि दिन अघि रेसुंगा नगरपालिका ७ का चुरामणी पन्थीको एउटा पाठो घर नजिकै आएर चितुवाले मा¥यो । केहि समय पहिले चितुवाको आक्रमणबाट इस्मा गाउँपालिका ४ का दुर्गादत्त अर्यालका दुई वटा पाठा मरे । सोहि गाउँपालिकाकै वडा नं १ का खेत बहादुर कुवंरनै चितुवाको आक्रमणबाट गम्भिर घाइते भए । उनका एक दर्जन बढि बाख्रा चितुवाले पटक–पटक गरेर मा¥यो । रुरु क्षेत्र गाउँपालिकालेमा अहिले भुसिया कुकुको आतंक छ । केहि समय अगाडी रुरु क्षेत्र गाउँपालिका ४ की बालकुमारी श्रेष्ठका चार वटा बाख्रा्रका पाठा कुकुरले मा¥यो । कुकुरले स्थानीयका साना पाठा–पाठी र बाच्छा–बाच्छी आक्रmमण गर्न थालेपनि स्थानीय त्रसित छन् । साना बालबालिका एक्लै घरमा छोड्न र बिद्यालय पठाउन गाह्रो भएको रुरु क्षेत्र गाउँपालिकाको कार्यपालिका सदस्य दुर्गा घायलले बताए ।

मध्ये असारसम्म मल अभाव
मध्ये असारसम्म किसानले मल पाएका छैनन् । बुधबार धान दिवसमा खेत पुग्ने जनप्रतिनिधी, नेता र प्रशासकले माला र खुसी पाए । तर, किसानले मल पाएनन् । बिना इस्मा गाउँपालिकाका अगुजा कृषक कृष्ण प्रसाद घिमिरेले मल नहुँदा धान कृषकहरु मर्कामा परेको बताए । ‘डिएपी मल भएपनि युरिया मल आएको छैन ।’ उनले भने, ‘मल नै नभएपछि धेरै उत्पादनको के आश गर्नु ?’ उनले सकेसम्म छिटो मल ल्याएर किसानलाई राहत दिनुपर्ने बताउँदै सरकार, जंगली जनावर र प्रकृति सवैतिरबाट किसान पीडित भएको गुनासो गरे । धान उत्पादनमा बृद्धि गर्नको लागि दिवस औपचारिकतामा सिमित नभएर सरकार किसानमुखी हुनुपर्ने बताए । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले युरिया मल आफुहरको पहुँचमा नभएको स्पष्ट पारे । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म २२ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा हंशराज, जडन, रामधान, खुमल ४ लगायतका धान लगाउँदै आइएको छ ।
आफै गुहार माग्छन् स्थानीय सरकार
मध्ये असारसम्म किसानसंग मल छैन् । बल्ल–तल्ल उत्पादन गरे बजार र मुल्य छैन् । उत्पादन जंगली जनावरबाट बचाउने र प्राकृतिक बिपद्बाट । तर, स्थानीय सरकारसंग कृषक सहजीकरणको प्रभावकारी उपाय छैन् । मंगलबारको जिल्ला सभामाको शुन्य समयमा बोल्ने अधिकांश पालिकाका प्रमुखहरु आफैले मल, बजार, मुल्य र जंगली जनावरबाट हुने क्षति सहजीकरणको लागि गुहार मागे । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बाँदर आतंकले किसान आजित भएकोले सवै स्थानीय तहबिच समन्वय र सहकार्य गरेर नियन्त्रण एकरुपता आउने बिधी खोज्नुपर्ने बताए । उनले बाँदर, बंदेल र कुकुर एक ठाउँबाट धपाएर अर्को ठाउँमा पठाएर समस्याको समाभान नहुने भएकाले बिकल्पहरुको खोजि गर्न आग्रह गरे । मालिकाका गाउँपालिकाका प्रमुख देविराम अर्यालले पनि बाँदरसंग पछिल्लो समय बंदेलले किसानको खेती नष्ट गर्ने गरेकोले यसको वैकल्पिक उपायबारे सोच्नुपर्ने धारणा राखे । इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले जिल्लाका कृषकले मुल्य नपाउने र बेलैमा मल पनि नपाउने स्थितीको अन्त्य गर्न जिल्लाभर एकिकृत रणनीति र मलको लागि जिल्ला समन्वय समितिले अन्तरजिल्ला र प्रदेशसंग समन्वय गर्नुपर्नेमा जोड दिए । धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले रासायनिक मलको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्ने बताए । संघीय सरकारले समयमै मल नल्याएर किसान मर्कामा परेको भन्दै पोखरेलले अब त्यसको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend