logo
  • शनिबार, असोज १० २०८३

सरकारी अस्पतालमा केही सुधार गरौ ःस्वास्थ्य राज्यमन्त्री केसी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाण्डौ १५ असार ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । पदभार ग्रहण गरेको भोलीपल्ट मगंलवार आफ्नै कार्यकक्षमा विभिन्न सरकारी अस्पतालका प्रमुखहरुसगँ छलफल गर्दै मन्त्री केसीले यस्तो बताउनुभएको हो । सरकारले लगानी गरेका सरकारी अस्पतालहरु पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको भन्दै उहाँले नेपाली सवै नागरिकहरुलाई सरकारी अस्पताल हाम्रो अस्पताल हो भन्ने गराउनुपर्ने वताउनुभयो । मन्त्री भन्ने त एउटा राजनीति नियुक्ति हो राज्यमन्त्री केसीले अगाडि भन्नुभयो ।

अस्पतालका प्रमुख डाक्टर लगायत अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूको अस्पताललाई कस्तो वनाउने भन्ने ठुलो हात हुन्छ, तपाईहरु योजना वनाएर सुधारका काम गर्नुस मेरो पूर्ण साथ समर्थन र सहयोग रहन्छ । उहाँका अनुसार नागरिकहरुमा अहिले पनि सरकारी अस्पतालहरुमा छिटो छरितो सेवा पाईदैन भन्ने भ्रम रहेको छ यसलाई हटाउन सकेमात्र पनि ठुलो काम हुने बताउनुभयो ।

राज्यले सञ्चालन गरेको स्वास्थ्य विमा लगायत विभिन्न उपचारमा दिएको छुट,राम्रो र भरपर्दो उपचार विधिले सरकारी अस्पतालमा पछिल्लो सयम नागरिकहरु उपचार लिनेका लागि सरकारी अस्पतालहरुमा आउनेको सख्या धेरै राम्रो छ यसलाई थप व्यवस्थित वनाएर जानुपर्छ । छलफल कार्यक्रममा वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र वस्नेत,भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विष्णुदत्त पौडेल, डाक्टर प्रकाश वुढाथोकी लगायत विभिन्न सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend