logo
  • शनिबार, असोज १० २०८३

समाजसेवी ज्योति घिमिरे राष्ट्रिय समाजसेवी सम्मानद्वारा सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौं असार १३ ।

आठौँ नेशनल क्यापिटल अवार्ड २०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन । बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो ।नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्बत गुरुङको प्रमुख आतिथ्यतामा दोसल्ला ओडाएर तथा सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो । दुख पिडामा परेका असाहय, अनाथ, बृद(वृदा, बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आएकी ज्योतिले भुकम्प, बाडी(पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी थिइन् ।

उनको सहयोगी भाबको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था हुँदै आएको र सम्बृद नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी ज्योति घिमिरेलाइ माननीय पूर्व मन्त्रि पार्बत गुरुङ लगायत अन्य बिशिष्ठ व्यक्तित्व मार्फत “राष्ट्रिय समाजसेवी सम्मान” प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend