साझा नेटवर्क
गुल्मी १३ असार ।
रेसुङ्गा नगरपालिका गुल्मीले २० उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । तरकारी खेतीलाई मुख्य पेशाको रुपमा व्यवसायिक कृषि गर्दे आएका रेसुङ्गा नगरपािलकाका १४ ओटै वडाका कृषक मध्ये उत्पादनको आधारमा छनौट गरि सम्मान गरेको हो । नगरपालिकाले यस वर्ष कार्यक्रममा छुटेका कृषकलाई अर्को वर्ष सम्मान गर्ने कार्यक्रम रहेको नगरपालिकाका कृषि विकास शाखाका हरिशरण पन्थीले बताए ।
नगर भित्रका व्यवसायिक कृषकहरुको उच्च सहरना गर्दै नगरप्रमुख खिलध्वज पन्थीले खुसी व्यक्त गर्नु भएको थियो । उक्तकार्यक्रममा नगरपालिकाले तारा खनाल,हर्कबहादुर खत्री,तारा थापा,मित्रलाल पन्थी, चुराबहादुर पाण्डे,प्रेम सार्की,उत्तम पन्थी,धनबहादुर थापा,कमला भलामी,केशब गिरि,युवराज कुँवर, तुलासा कामी,मिना पाण्डे, प्रेमबहादुर जोगी कुँवर,गोपाल नेपाली,टिकाराम नेपाली,कृष्णबहादुर बस्नेत,जितबहादुर श्रीस,यमबहादुर सोमै लाई कृषि औजार (स्प्रेयर), प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend