logo
  • शनिबार, असोज १० २०८३

पिपलधारा चौतारी सम्पर्क समितिद्वारा मृगौला पिंडित प्रतिमालाई पाँच लाख सहयोग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाण्डौं, असार  ११ ।
गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं २ पिपलधाराका स्देश तथा विदेशमा रोजगारिमा रहेका युवा द्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीले धुर्कोट गाउँपालिका वडा नं-२ पिपलधारा साविकको वडा नं-५ माझार निवासी रामबहादुर थापाकी छोरी प्रतीमा थापाको मृगौला प्रत्यारोपणको लागि ३० दिने ‘प्रतिमा बचाउ अभियान’ संचालन गरि उक्त अभियानमा सङ्कलित रकम पिडित उपचारार्थ प्रतीमा  थापालाई रु. ५००५५५/-  (अक्षरेपी पाच लाख पाचसय पच्पन्न) हस्तान्तरण गरेको छ।

दुवै मृगौला खराब भई लामो समय देखि काठमाण्डौंमा डाइलेसिस गराई रहेकी प्रतिमा थापा लाई सोही वडाका स्देश तथा विदेशमा रहेका युवाहरुले  आर्थिक रकम संकलन गरि  संस्थाका सल्लाहकार र पदाधिकारीहरु कमल जि.सी, रबिन महत,कमल जि.सी. (काठमाण्डौ), प्रकाश थापा लगायतले एक कार्यक्रम मार्फत चेक हस्तान्तरण गरेका थिए ।

यस अभियानमा सहयोग गर्ने तथा पहल गर्नेहरु संस्थाका विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गर्नेहरु अमृत कुमार खड़का, दुर्गेश महत,बाबुराम खड़का प्रेम,लक्षमण जि.सी.,लीला जि.सी.,कमल जि.सी.,कृणा बस्नेत,रामप्रशाद घिमीरे,मेहर सिंह बस्नेत,बिक्रम  जी.सी. ,राम प्रशाद खनाल,नारायण थापा,नबीन महत,बाबुराम खडका इंडिया,रबिन महत,पितम खड़का,टोप बहादुर गौतम,,हरि शर्मा,कमल आर बस्नेत,अमीर खडका,प्रकाश थापा,टंक महत, झबिद्र थापा,ज्ञान बहादुर जि.सी., लगायतले सहयोग गरेका थिए ।

स्मरणरहोस् यस सामाजिक संस्थाले आफ्नो स्थापना कालदेखि समाजका दिनदुखी,रोगबाट ग्रसित,आगलागि पिडित,भुकम्प पिंडित र शिक्षा,स्थास्थ्य क्षेत्र आदि लाई आफ्ना गास काटेर बचाएको रकम यी र यस्तै कार्यमा उदाहरणीय भूमिका निभाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend