logo
  • शनिबार, साउन ३० २०८३

अखिल नेपाल महिला संघ बुद्धभूमि नगरको “दोस्रो नगर सम्मेलन” सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सिर्जना आचार्य, कपिलवस्तु असार १०।
अखिल नेपाल महिला संघ बुद्धभूमि नगरको “दोस्रो नगर सम्मेलन” सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष शोभा गौतमको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शारदा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट राधा सापकोटको अध्यक्षतामा सर्वसम्मत नगर कमिटी गठन भएको छ । त्यस्तै उपाध्यक्षमा लिला पाण्डे, राधा बेलबासे, सचिव सविता खनाल केसी, सह-सचिव रुपा बिक, र कोषाध्यक्षमा देवका पन्थी रहेका छन् । कार्यसमिति पदाधिकारी र सदस्य गरी ३५ जनाको नगर कमिटि गठन भएको हो ।
कार्यक्रममा अतिथि जिल्ला उपसचिव सुशिला दर्लामी, अखिल नगर कमिटी अध्यक्ष देवी बेलबासे, जिल्ला सचिवालय सदस्य बिकाश आचार्य, नेपाल महिला संघ जिल्ला अध्यक्ष चेतना अधिकारी, जिल्ला सचिव धनु अधिकारी लगायत अखिल नेपाल पार्टी जिल्ला कमिटी सदस्य अम्बिका खनाल रहेका थिए ।

कार्यक्रममा बोल्दै संगठनका जिल्ला सचिव धनु अधिकारीले प्रत्येक नगरमा महिलाहरु संगठित हुँदै संगठनलाई मजबुत बनाउँदै समाजमा रहेका बेतिथी अन्याय-अत्याचार कुरितिलाई निर्मुल पार्न र हरेक समस्यालाई सुल्झाउन गलतका बिरुद् भण्डाफोर गर्न सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend