साझा नेटवर्क
जोगिन्द्र मल्ल प्युठान असार १० ।
गौमुखी गाउँपालिका प्युठानले आर्थिक बर्ष २०७९/८०को निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । “कृषि शिक्षा पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो ।
सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो “भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिकाको गाउँसभा तथा बार्हौ अधिवेशन मार्फत गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै लोकप्रियता कार्यक्रमलाई प्राथमिकताको आधारमा अगाडि सारेको र कृषि तथा बन्यजन्तु तथा उत्पादनको बजारीकरण, २० युनियनको बिधुत महसुल निशुल्क, निशुल्क बिमा ,सुत्केरी संग पौस्टिक आहार प्याकेज,सबै वडामा एक हप्तामा एक पटक डाक्टर सेवा, उत्कृष्ट उपभोक्तालाई पुरुस्कृत, गाउँपालिकाको आबधिक गुरु योजना, दिगो बिकासको अबधारणा लगायतका नीति तथा कार्यक्रम अध्यक्षले पस्तुत गर्नु भएको थियो।
कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना मगरले आ ब २०७९/८० को ४६ करोड ६६ लाख ९८ हजार बराबरको बजेट गाउँ सभा समक्ष प्रस्तुत गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend