logo
  • शनिबार, असोज १० २०८३

वरिष्ठ मनोरोग विशेषज्ञ डाक्टर सहितको टोलि अग्लुङ्ग माबिमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,गुल्मी असार १० ।

अग्लुङ्ग मा वि का बिधार्थिहरुमा केहि समय अगाडी देखि देखिदै आएको स्वास्थ्य समस्या बुझ्न लुम्बिनी प्रादेशिक हस्पिटल बुटवलका मनाेराेग बिशेषज्ञ डाक्टर असिम रेग्मी सहित को टोलि अग्लुंग आईपुगेको छ । बिधार्थिहरु कक्षाकोठामा बेहोस हुने,काम्ने,चिच्याउने,रुने लगायतका समस्याहरु देखिदै आएका छन् । शुक्रबार गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पाैडेल,गुल्मी जिल्ला अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्य सहितकाे टाेलि मदाने गाप १ अग्लुङ्गमा अवस्थित अग्लुङ्ग मा वि मा आएको हो । टोलीले विद्यार्थीहरु र तिनका अभिवावक सँग आवस्यक परामर्श र चेकजाँच गरि समस्या पहिचान गर्दै उपचार विधि अबलम्बन गर्न सहयोग गर्ने बताईएको छ । बिधार्थिहरु को स्वास्थ्य समस्या प्रति आफू अत्यन्तै गम्भीर र चिन्तित रहेको र निरन्तर जिल्ला र संघीय सरकार सँग संवाद र पहल पछि आज वरिष्ठ मनोरोग विशेषज्ञ सहितको टोलि अग्लुङ आईपुगेको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।

अब छिट्टै विद्यार्थीहरुमा देखिदै आएको स्वास्थ्य समस्या समाधान हुनेमा आसा पलाएको छ । यस अघि पनि मदाने गाउँपालिका बाट स्वास्थ्यकर्मीहरुको टोलि आई आवश्यक अन्तरक्रिया र परामर्श गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend