logo
  • शनिबार, असोज १० २०८३

भवनका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जोगिन्द्र मल्ल, प्युठान  असार  ८।
गौमुखी गाउँपालिका ३ रजवाराको वडा भवनका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई एक कार्यक्रम बीच सम्मान गरिएको छ।

गौमुखी गाउँपालिका वडा न ३ रजवाराको आयोजनामा भएको सम्मान कार्यक्रममा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले कार्यक्रममा बोल्दै सामाजिक क्षेत्रमा जग्गा दान गरि सरकारी संरचना निर्माणमा उहाँले जीवन्त उल्लेखनीय योगदान दिनु भएको भन्दै सधै सम्झने बताउनु भयो।त्यसै गरि गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले सामाजिक क्षेत्रमा जग्गादाताको अहम भूमिका रहेको र उहाँहरुको समाज प्रति उत्तरदायी भएको बताउनु भयो।

आफू सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै जग्गाधनी लाल बहादुर थापाले आमा बुबाको स्मृतिमा १ रोपनी १२ आना जग्गा वडा कार्यलयको नाममा रजिस्ट्रेसन गरिदिएको बताए भने नरे राना गंगे घर्तीले पनि प्रशासकीय भवनलाई जग्गादान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend