logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज ओमनद्वारा प्यारालाइसिस पीडित ढेगालाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी,  गुल्मी असार ८ ।
“निस्वार्थ भावना, सेवा गर्ने हाम्रो चाहाना” भन्ने मूल नाराका साथ सामाजिक कार्यमा सक्रिय रहेको गुल्मी सेवा समाज ओमनले प्यारालाइसिस पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ विरबास निवासी खड्ग बहादुर ढेगालाई (२८,९७४) अठ्ठाइस हजार नौ सय चौरहत्तर रुपैयाँ सहयोग गरेको हो ।
विगत ८ वर्षदेखि प्यारालाइसिस र पक्षघात भएर अहिलेसम्म निको नभएका ढेगाको उपचारमा थुप्रै रकम खर्च भइसकेको र घरको आर्थिक अवस्था पनि निकै नाजुक बन्दै गएपछि थप उपचारका लागि समाजलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको समाजका सचिव हरी ढेगाले जानकारी दिए ।

समाजमा आएको उक्त अपिललाई सस्थागत र विभिन्न व्यक्तिहरु मार्फत आर्थिक सहयोग संकलन गर्ने निर्णय गर्दै सचिवको विशेष पहलमा संकलन भएको रकम समाजका कोषाध्यक्ष ठाकुर प्रसाद डम्बरपालले पिडितलाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकम लिदै ढेगाले दुखको बेलामा आर्थिक सहयोग गर्नु हुने गुल्मी सेवा समाज ओमान परिवार र सहयोगमा जुट्नु हुने सम्पुर्ण नेपालीहरुमा धन्यवाद एवं आभार प्रकट गरे ।

मानवीय सहयोग कार्यमा हातमा हात मिलाउदै आफ्नो जन्म ठाउँमा सहयोग जुटाउनु हुने सम्पुर्ण सहयोगी मनहरुलाई समाजका अध्यक्ष सुर्य पन्थीले आभार एवं धन्यवाद प्रकट गरेका छन् भने समाजले ढेगाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend