साझा नेटवर्क
चेतन बिष्ट, जितपुर असार ६ ।
महङ्गो पार्टि प्यालेस र होटलमा जन्मदिन मनाउने लहर चलिरहेको बेला कपिलवस्तु बाणगङ्गाकी साझाकर्मी पत्रकार सिर्जना आचार्यले भने केहि फरक तरिकाबाट आफ्नो जन्मदिन मनाउनु भएको छ ।
साझा नेटवर्क एवं रेडियो बाण्गङ्गा लगायतका अन्य धेरै संचार माध्यममा कार्यरत रहेकी आचार्यले बाणगङ्गा ५ झण्डामा रहेको श्री माध्यमिक विद्यालयका असहाय तथा अति विपन्न सात जना विद्यार्थीलाइ झोला, कापि, पेन लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो २३औँ जन्मदिन मनाउनु भएको हो ।
आफुले बालविकास देखी कक्षा १२ सम्म अध्यन गरेको विद्यालयका विपन्न विद्यार्थी सगँ आएर जन्मदिन मनाउन पाएकोमा खुसी ब्याक्त गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
विद्यालयका शिक्षक, विद्यार्थी लगायत केही सिमित ब्याक्तिको उपस्थितीमा सामान्य ?पमा गरीएको कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक कृष्णा श्रेष्ठ टन्डनले यसरी जन्मदिन मनाउनुले आफु लाई समेत केही गर्नु पर्छ भन्ने भाव भित्री मनदेखी नै आएको बताउनु भएको थियो ।
फेसबुकमा र होटलमा अत्याधिक धेरै पैसा खर्च गरेर जन्मदिन मनाउन भन्दा यसरी मनाएको जन्मदिनले मन सन्तुष्ट हुने उहाँले बताउनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend