logo
  • शनिबार, साउन ३० २०८३

व्यङ्ग्य : स्वादिलो छैन त मेरो देश !


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-किसान खत्री ।
नेपाल काण्डै काण्डले सजिएको सुन्दर मुलुक हो । कुनै नियती र कुनै योजनाबद्द काण्डहरुले केही समय सबैलाइ रन्थन्याउँछन र सेलाउँछन । नेपाली जनता देशप्रती चिन्तन गर्ने, गलत फण्डाको बिरुद्द उत्रने बोल्ने तर सेलाउने प्रवृत्तिका छन ।  हाम्रो देशमा संस्कृती मन्त्रीले चकाचक संस्कार देखाउँछ। निगम हाँक्नेहरु यौन पिपाषु छन । जनप्रतिनिधी जन उत्तरदायी छैनन । न्यायालय राजनितिको गन्धले ढपक्क छ।

स्थानिय तहमा मनलाग्दी राज्यशोषण छ। कृषिप्रधान मुलुकमा मलको लागि गोलि चल्ने चलाउने अबस्था छ । अर्थमन्त्री र अर्थमन्त्रालयको कथा उस्तै छ । इदर अनि दिदर वालाको ईतिहास त तपाइलाइ थाहा नै छ क्यार !

बालेनले के-के नीति लिएछ भनेर शिर्ष नेताहरु राती १२ बजे उसका नीति र कार्यक्रम पढ्छन । लुम्बिनि तिर खै के-के कल्याण मन्त्रीको चुम्मा-चाटिले सबैको मजाक उडाउँछ । अरे माइली, माया र प्रेम अनि लक्का र जवानी सिस्टममा चलाउनु पर्छ बे। अर्कातिर, एअरपोर्टमा श्रम गरि फर्किएकालाइ ट्वाइलेट लगेर २/४ लाल सुन निकाल्नेले सुनको लौरो देख्दैन ।

नेपाल सक्ने भनेरै भगवानले स्पेसियल मिसनमा पठाएको शेर बहादुरको हरिकला न देखिसक्नु छ न बुझिसक्नु छ । चोक चोकमा दुधे बालक घाटिमा झुण्ड्याएर दुधका लाम्टा चुसाउदै ठेलामा तरकारी बेचेर जीवन गुजार्नेहरुको जीवन यी आँखाले दिन-दिनै देखिरहेको हुन्छ ।

बिहान उठ्दा चमत्कार हुन्छ, के त भन्दा महङ्गीको चरम सुरुवात । एक रुपियाँ पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा सम्पुर्ण सेक्टरमा मूल्य बढ्छ। यहाँ त २१ र २७ को कुरा पो छ त । दिनमा ५/७ ओटा ठाउँमा पुग्नु पर्ने हामी गाडी थन्क्याएर अब लखर-लखर हिडुम Mr. Sher Bahadur Deuba ठुल्दाजी ? के गरेको यस्तो ?

६ औं र ७ औं पटक त बाँकी नै छ त ! भगवानको तथास्तु अझैँ बाकीँ छ हो ? कोहि जिम्मेवार नभएको मेरो देश अनि सिस्टम नै नभएको देशमा म के आशा राखुम हजुर । हरेक कुरा उठ्छ अनि तुरुन्तै सेलाउँछ । स्वादिलो छैन त मेरो देश  !

लेखक : युवा विश्लेषक हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend