logo
  • शनिबार, भाद्र २० २०८३

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो पटक विश्वकै उत्कृष्ट विमानस्थल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, असार ४ ।
कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो पटक विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको छ । फ्रान्सको पेरिसमा भएको प्यासेन्जर टर्मिनल एक्सपोमा आयोजित २०२२ वर्ल्ड एयरपोर्ट अवार्डमा हमाद विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको हो । हमाद अन्तर्राष्ट्रिय विमानस्थल २०२१ मा पनि विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको थियो ।
वार्षिक ग्लोबल एयरपोर्ट ग्राहक सन्तुष्टि सर्वेक्षणमा ग्राहकहरूले मतदान गरेका ५ सय ५० भन्दा बढी एयरपोर्टमा ग्राहक सेवा र सुविधाहरूको मूल्याङ्कन गर्दै हमाद विमानस्थललाई विश्वकै उत्कृष्ट विमानस्थल घोषित गरिएको हो ।

त्यस्तै सिंगापुर चाङ्गी एयरपोर्ट, विश्वको उत्कृष्ट एयरपोर्ट स्टाफ सर्भिस र विश्वको उत्कृष्ट एयरपोर्ट डाइनिङ घोषित भएको छ । टर्कीको इस्तानबुल एयरपोर्टले विश्वको उत्कृष्ट एयरपोर्ट किनमेल र सबैभन्दा परिवारमैत्री एयरपोर्टको रूपमा अवार्ड जितेको छ ।

जापानको टोकियो हानेदा एयरपोर्टले विश्वको सफा विमानस्थल, विश्वको उत्कृष्ट आन्तरिक विमानस्थल, एसियाको उत्कृष्ट विमानस्थल पहुँचयोग्य सुविधाहरूको अवार्ड जितेको छ । यस्तै साउदी अरेबियाको रियाद स्थित किंग खालि अन्तर्राष्ट्रिय विमानस्थलले विश्वको सबैभन्दा सुधारिएको विमानस्थलको अवार्ड प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend