साझा नेटवर्क
साझा नेटवर्क, दोहा।
प्रवासी नेपाली मञ्च कतारले छैटौं अधिवेशन गर्ने भएको छ।
मुस्लिम समुदायको दोस्रो महान पर्व (ईद -उल अजहा) बिदाको अवसरमा ईदको दोस्रो दिन ११ जुलाई २०२२ का दिन ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक छैटौं अधिबेशन गर्न लागिएको हो।
अधिबेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का महासचिव शंकर पोखरेलको प्रमुख अतिथि र प्रवास इन्चार्ज डा. राजन भट्टराई विशेष अतिथिको रुपमा कतार आउने मञ्च कतारका महासचिव तथा छैटौं अधिबेशन प्रचारप्रसार कमिटी संयोजक प्रभात त्रिपाठीले बताए।
लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री तथा बौद्धिक नेताका रुपमा चिनिने पोखरेल र भट्टराई कतार आउने भएपछि वैदेशिक रोजगारिको सिलसिलसिलामा कतारमा रहेका थुप्रै नेपालीहरु सम्बोधन सुन्न उत्साही रहेको मञ्च कतारका अध्यक्ष चानख पोखरेलले बताए ।।
देशको समसामहिक राजनीति,आर्थिक अवस्था र गत स्थानिय चुनाव आगामी प्रदेश र संघको चुनावको पार्टीको धारण, राजनीतिमा युवाहरुको चिन्ता चासो र सहभागीता सम्बन्धमा पनि सम्बोधन गर्ने छन्। अधिबेशन सफल सम्पन्नताका लागि विभिन्न उप-कमिटी हरुको गठन, प्रचार प्रसार, विभिन्न सङ्ग संस्थाहरुलाई निमन्त्रणा लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको मञ्चका अध्यक्ष पोखरेलले साझा नेटवर्कलाई जानकारी गराए।
साथै उक्त दिन कतारमा रहेका सम्पुर्ण नेपाली समुदायलाई उपस्थितिको लागि पत्राचार गर्ने कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल पार्नको लागि पार्टी प्रति आवस्थावन कार्यकर्तालाई एक जुट भएर अगाडी बढ्नु पर्ने बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend