logo
  • आइतबार, असोज ११ २०८३

चन्द्रकोट गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २८।
चन्द्रकोट गाउँपालिका गाउँकार्यपालिकाको दोस्रो बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न विषयगत समितिहरु गठन गर्ने निर्णय गरेको छ ।

वडा नम्बर १ का वडाध्यक्ष घनश्याम खरेलको संयोजकत्वमा पूर्वाधार निर्माण समिति, वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालको संयोजकत्वमा सामाजिक विकास समिति, वडा नम्बर ४ का वडाध्यक्ष बलबहादुर बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष पृथ बहादुर कार्कीको संयोजकत्वमा वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, वडा नम्बर ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ ।

त्यस्तै कार्यपालिका सदस्य विष्णुमाया सापकोटाको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, विष्णुकला थापाको संयोजकत्वमा विधायन समिति र सूर्य बहादुर बस्यालको संयोजकत्वमा सु–शासन तथा संस्थागत विकास समिति गठन भएको गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

कार्यपालिका बैठकले वडा नम्बर १ का वडाध्यक्ष खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले असार ६ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्ने र असार ९ गते बजेट पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend