logo
  • शनिबार, असोज १० २०८३

रोहिणी खोला दुर्घटना अपडेट : ५ जना मृतकको पहिचान खुल्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

उर्मिला यादव यात्री, भैरहवा जेठ २२।
रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलाको पुलबाट आज बिहान बस खस्दा मृत्यु भएका ९ जना मध्य ५ जनाको सनाखत भएको छ ।
भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भिम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

पहिचान खुलेका मृतकहरुमा तिलोत्तमा २ योगीकुटी बस्ने ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल छन ।

त्यस्तै भीम अस्पतालमा मृत्यु हुने चार जनामध्ये रुपन्देहीको ओमसतिया४ राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । भारतीय नागरिक ४० बर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend