logo
  • शनिबार, असोज १० २०८३

अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,कपिलवस्तु जेठ २१ ।

अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेकाे छ । बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा वडा अध्यक्ष पदमा निर्वाचित बाणगंगा नगरपालिका वडा नम्बर ८ बाट अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सह -इन्चार्ज पुर्व जिल्ला कमिटी कपिलवस्तु अध्यक्ष बाबुराम अर्याल र बुद्धभुमि नगरपालिका वडा नम्बर ३ बाट नेकपा एमाले जिल्ला सचिवालय सदस्य, जिल्ला सह-इन्चार्ज, अनेरास्ववियु पुर्व जिल्ला कमिटी अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) लाई सम्मान गरिएकाे छ ।आज बुद्धभूमिकाे गाेरुसिङ्गे संगम प्यालेसमा एक कार्यक्रमबीच सम्मान गरिएको हाे । कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दयाराम पौडेलको अध्यक्षता,अनेरास्ववियु केन्द्रिय कमिटी सचीव श्याम प्रजापतिको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह– इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सदस्य इन्दिरा पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend