logo
  • शनिबार, साउन ३० २०८३

हामीलाई जन्माएपछि बाबा-आमाले हाम्रो लागि के चाहिँ गर्नु भएन ?


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-राजु चालिसे ।
हामीलाई जन्माएपछि अहिलेसम्म बाबा-आमाले हाम्रो लागि के चाहिँ गर्नु भएन होला? आफ्ना सम्पुर्ण खुशीहरु त्यागेर सिंगो जीवन हामी प्रति समर्पित गरिरहँदा पनि हामी कहिलेकाहीं बेखुसी हुन्छौं, कहिलेकाहीँ झर्किन्छौ, अझै हामी आफूले भनेजस्तो भएन भन्छौ  । सके जति त गरिरहनु भएकै छ त तैपनि हामी उहाँहरुबाट अपेक्षा गर्न भने छोड्दैनौ ।
प्रसङ्ग मेरो बाबाको जन्मदिनको हो,साँच्चीकै ६३ वर्षसम्म मेरै लागि संघर्ष गरिरहेको मेरो बाबाको जन्मदिन हिजो रहेछ जुन कुरा मैले पहिलोपटक हिजो बिहान मात्र थाहा पाएँ । सोचेँ की केही भव्य गर्नुपर्छ आज ।

टेस्लाको एउटा न्यु मोडल गाडी उपहार दिन पाए, दुबइको पाम जुमेईरामा उठ्दा बित्तिकै समुद्र देखिने एउटा घर उपहार दिन सके, या स्ट्यान्डर्ड चार्टर्ड बैंकको एउटा बल्याङ्क चेक दिएर ल बाबा तपाईंको बाँकी जिन्दगी यही पैसाबाट यस संसारको सयर गर्नुहोस् भन्न सकेको भए, तर यो सब एउटा कल्पना र कमसेकम मेरो लागि असम्भव जस्तै थियो।दिवाकालीन सपना देखि बाहिर निस्केर गाउँकै एउटा सानो पसलबाट सानो केक लिएर बाबाको जन्मदिन मनाइयो ।

कोठामा बसेर मोबाइलमा कैद गरिएका फोटोहरु हेरेपछि भने म आफ्नो भिलिङ्गसलाई सेयर नगरी बस्नै सकिन “सि हाउ ह्याप्पि दे आर” हेर्नुस् न कति खुसी हुनुहुन्छ उहाँहरु । त्यसो त मेरो बाबाले केक नदेखेको नखाएको पनि होइन । कुनै बेला ईन्डियाको द किङ्स इन्टरनेसनल होटलमा काम गर्दा त्यस्ता केक त बर्थडे, एनिभर्सरि, व्ईकेण्ड या कुनै विशेष फङ्सनमा कति काटियो काटियो भन्नुहुन्छ ।

उहाँहरुलाई खुशी पार्न ठूलो र महंगो वस्तु नै उपहार नचाहिदो रहेछ । जुन दिन तपाईंको बुबा आमाको जन्म दिन पर्छ त्यो दिन बिहान उठेपछि भन्नुस कि वाव ! आज तपाईंको जन्मदिन हो बाबा/आज तपाईंको जन्मदिन आमा, आजकै दिन तपाई यो संसारमा आउनु भएको हो नि थाहा छ तपाईंलाई ? ह्याप्पि बर्थडे टु यु बाबा/ह्याप्पि बर्थडे आमा ।

दिउँसो फेरि भन्नुस आज तपाईंको जन्मदिन, आज तपाइको रोजाइमा के खाने बाबा/आमा ? कि आज कतै घुम्न जाने ? यस्ता शब्दहरुले मात्रै पनि उहाँहरूको मुहारमा खुसी ल्याउनेछ । आफ्नो जिन्दगीमा उहाँहरूको महत्वको बारेमा अप्रत्यक्षरुपमा बताइ राख्नुस, साच्चिकै उहाँ तपाईलाई जन्म दिनकै लागि आफु पहिला जन्मिनु भएको हो भन्ने भान गराउनुस, उहाँहरूको कुनै त्यस्तो सम्झनलायक रमाइलो विगत छ भने त्यसको बारेमा कुरा कोट्याउनुस, बुढेसकालमै पनी बचपन र जवानी सम्झेर खुसी नहुने को होला र।

जिन्दगीमा आजसम्म कतिका छोरीहरुलाई आई लभ यु भनियो होला हिसाबै गर्ने हो भने कमसेकम २५ प्रसेन्ट जसोले त सेम टुयु सम्म पनि भनेनन् तर विडम्बना हामीले कहिल्यै आफूलाई जन्म दिने बाबा आमालाई फेसबुकको भित्तामा बाहेक प्रत्यक्ष फेस टु फेस भएर उहाँहरूको सामुन्ने “आई अभ यु बाबा/आई लभ यु आमा थ्याङ्क यु सो मच, तपाईहरुले मलाई यो संसारमा पाइला टेकाउनु भयो र त मैले यो दुनियाँ देख्न पाए र त यो ब्रह्माण्डको एक प्राणीमा गनिन पुगेँ, तपाईहरु नभएको भए मेरो अस्तित्व कहाँ हुन्थ्यो र, त्यसैले यो संसारमा तपाई भन्दा ठुलो मेरो अरु कोहि छैन आई लभ यु सो मच” भनेर भनेका छौं त ?

खोइ त उहाँहरूको योगदानलाई क्रेडिट दिन सकेको ? हातले उपहारको डल्लो दिएर मात्र, चार वर्षमा विदेशबाट आउँदा एउटा आइफोन ल्याइदिएर मात्र, बिहेमा दुलही लिन जाँदा आमालाई सारी दिएर मात्र बाबा-आमा प्रतिको जिम्मेवारी र कर्तव्य पुरा हुदैन।हरेक बोलिमा उहाँहरुलाई अपनत्व दिलाउनुस, बश यति भए यसमै उहाँहरु खुशी हुनुहुन्छ ।

जसले तपाईलाई यो सिंगो संसार दियो उसलाई के तपाईंको जाबो एउटा उपहारको कमि होला त ? पक्कै छैन । उहाँलाई केवल तपाइँको मिठो बोली र राम्रो व्यवहारको कमि छ । जानुस अहिल्यै आफ्नो बाबा आमाको हात समातेर या अँगालो हालेर आइ लभ यु एण्ड थ्याङ्क यु सो मच मलाई जन्म दिएकोमा यु आर माइ ग्रेट पाप्पा एण्ड मम्मा भन्नुहोस् । आज सम्मका सबै गल्ती माफ गर्दिनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend