साझा नेटवर्क
यमलाल भुसाल, बुटवल जेठ १७ ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीको १९ औं स्थापना दिवस समाजका संस्थापकहरुलाई सम्मान तथा बृहत रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको छ । विस २०६० सालमा स्थापना गरिएको समाजले सामाजिक क्षेत्रका साथै धार्मिक पर्यटकका क्षेत्रमा उल्लेख्य रुपमा काम गदै आएको छ ।
समाजको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ को डिङ्गरनगर जेठनागरिक मिलन केन्द्र्रश्रृङ्गेश्वर धाम, पशुपति नाथको मन्दीर, कैलास पर्वत र रेसुङाअलौकिक बचत सहकारी स्थापन गरि सेवा प्रदान गदै आएको छ । समारोहमा समाजका अध्यक्ष डा. नारायण पन्थले सामाजिक भावनाले प्रेरित भएका व्यक्तिहरुको संस्था भएकोले सवैको सहयोग जरुरी रहेको बताउनु भयो ।
सरकारले गर्नेकाम समाजले गरेकाले यसको संरक्षण र संम्बद्र्धनमा स्थानिय सरकारले प्राथमिकतामा राख्न आह्वान गर्नु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरको गहनाको रुपमा रहेको धामको विकास र सम्बृद्धिका लागि स्थानिय सरकारले टेवापुराउने बताउनु भयो ।
पर्यटकीय गन्तव्यका रुपमा धामलाई विकास गर्न तीनैतहका सरकार र समाजबीच सहकार्य गरी अगाडी बढनुपर्नेमा प्रमुख खाँणले जोड दिनु भयो ।
सोही समारोहमा समाजका संस्थापक अध्यक्ष हिरा बहादुर भलामी संस्थाका सल्लाहकार बालकृष्ण भुसाल, खिमानन्द भट्रराई, श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषिराम भण्डारी, जेठनागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे,समाजकाप्रथम उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव कृष्ण प्रसाद पोखरेल, सचिव पुरुषोतम पाण्डेय रक्तदान संयोजक अर्जुन कुंवर लगायतले समाजले गरेका विषयलाई प्रचार प्रसार गर्नसके पर्यटन विकासमा टेवा पुराउन सकिने धारणा रा खनु भएको थियो ।सोही अवसरमा ३० जनाले रक्तदान गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend