साझा नेटवर्क
काठमाडौं १७ जेठ – गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यवसायिक महिला दिदि–बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ३ बर्ष देखि आयोजना गरिदै आएको ‘मिसेस एण्ड मिस गुरुङ २०२२ सिजन-३’ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो। बिगत ४ बर्ष देखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस।के। इन्टरटेनमेन्ट प्रालिले “मिसेस एण्ड मिस गुरुङ -२०२२” को अडिसन यहि आउदो जेठ २२ गते आइतबार हुने आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन। उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
एस।के। इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ महिला सशक्तिकरणको एक दरिलो आवाज हुन्। सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै लाखौँ महिला दिदीबहिनीहरुको मन जित्न सफल युवा व्यक्तित्व रहेकी छिन। जनजाति महिला दिदि बहिनिहरुलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरुको क्षमता र व्यक्तित्वलाइ उजागर गर्ने कार्यमा उनको ठुलो योगदान समेत रहेको छ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।
प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङबाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन। यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिबाहित नारि, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन। इच्छुक प्रतियोगीहरुले एस।के। इन्टरटेनमेन्ट प्रालिको कार्यलय सामाखुसी काठमाडौं बाट फर्म लिएर भाग लिन सकिने छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend