logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा गणतन्त्र दिवसको अवसर पारेर घरमै गएर नागरिकता प्रदान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी जेठ १५ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुङ्गा नगरपालिका वडानम्वर–१४ की ४८ वर्षीय पूर्ण अशक्त पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुणयबिक्रम पौडेलले बताए ।
नागरिकता प्रदान गर्न प्रशासन कार्यालयसँगै जनप्रतिनिधीको पनि सहभागिता रहेको थियो । आचार्य एक्कासी बिरामी परेपछि थलिदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । उनि अहिले बिस्तारामै दिसा पिसाव गर्ने अबस्थामा रहेकी छन् । उनि आफनी आमा ७० वर्षकी खिमा पुनसँगको हेरचाहामा रहेकी छन् ।

घरमा अन्य कोही नभएकाले बृद्ध आमाको साहारामा पूर्ण रुपमा अशक्त आचार्यको हेरचाह हुँदै आएको छ । गणतन्त्र दिवस नागरिकहरुले अनुभूती गर्ने खालको होस भनेर घरमै गई नागरिकता प्रदान गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

घरमै आएर नेपाली नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई पुनले धन्यबाद दिदैं सरकारको अनुभूति ढिलै भए पनि पाएको बताइन् । नागरिकता प्राप्तसँगै उनले नागरिकताको अभाबमा राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित हुन नपर्ने बताइन् । गणतन्त्र दिवसको

अबसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाई गरेको छ । गणतन्त्र दिवसको अबसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend