logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सेवा समाज कतारले पाँचौं अधिवेशन गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
“प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ अर्घाखाँची सेवा समाज कतारले आफ्नो पाचौं अधिवेशन गर्ने भएको छ ।  गत २६ मे २०२२ का दिन बसेको समाजको १८ औं बैठकको निणर्य अनुसार आगामी ९ सेप्टेम्बर २०२२ का दिन पाचौं अधिवेशन गर्ने भएको हो ।

अर्घाखाँची जिल्लाबाट बैदेशिक रोजगार तथा बिभिन्न पेशामा कतारमा आएका युवाहरुको सकृयतामा जिल्लावासीलाई एकजुट गराउने उदेश्यले  २००६ मा अर्घाखाँची सेवा समाज कतार स्थापना गरीएको थियो । स्थापनाकाल देखि नै प्रवासमा आइपर्ने समस्याहरुको समाधान संगै सा माजिक कार्यहरुमा स्थापित संघ संस्थाहरु बीच  हातेमालो गर्दै आपसी सद्धभाव भाईचारकोलाई निरनतरता दिदै आएको छ ।

समाजले प्रवासमा मात्र सिमित नभएर देशमा आइपरेका विभिन्न दैविक प्रकोप,बाढी पिडित,स्वास्थ्यमा समस्या आई उपचारको क्रममा हस्पतालको बेडमा आर्थिक अभावको कारण छट्पटाइ  रहेका असाय, आगोलागी पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।

अर्घाखाँची सेवा समाजको पुर्ण आर्थिक सहयोगमा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा २६ असार २०७५ दिन शिद्धदेश्वर आनन्द बृद्ध आश्रमका संचालक पुर्व अर्घाखाँची सेवा समाज कतारका संरक्षक नारायण खनालको नेतृत्वमा  जिल्ला अस्पतालका प्रमुख डाक्टर

जग्ननाथ तिवारीको प्रमुख आतिथ्यमा एक वृहत समारोह विच एम्बुलेन्स हस्तान्तरण गरीएको थियो।

संचालन पश्यात निरन्तर  मानवीय सेवा संगै असाय गरीव, दु;खीलाई आवश्यकता परेको बेला मलमपट्टि लगाउने गर्न काम गर्दै आएको छ । विभिन्न समय आर्थिक अभावको कारण काठमाडौं, भरतपुर चितवन लगाएत बिभिन्न स्थान सम्म पु¥यान ल्याउन निशुल्क सहयोग गर्दै मानवीय सेवामा आहम भुमिका निर्वाह गर्दै आएको छ ।

कतारमा स्थापित संघसंस्थाहरुका प्रमुखहरु सामाजिक अभियान्तहरुलाई उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनुहुन यसै सुुचना मार्फत समाजका अध्यक्ष टेकराज थापाले हार्दिक अनुरोध गरेका छन। साथै समय र स्थान, तय नभएकाले पुन पछि जानकारी गराउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend