साझा नेटवर्क
कृष्ण भट्टराई,गुल्मी जेष्ठ १३ ।
श्री पशुपति निम्नमाध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिले आज सरसफाइ समिती र बालक्लवको पुनर्गठन सम्पन्न गरेको छ। बिद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत बिद्यार्थिहरुको भेलाले समितिको पुनर्गठन गरेको हो ।
बिद्यालयको कक्षाकोठा,खेलमैदान,ह्यान्डवास सहित समग्र हेरचाह सङ्गै वातावरणिय सौन्दर्य र बालाधिकार संरक्षण गर्न बिगतका बर्ष देखि नै समिती गठन हुँदै आइरहेको र यो बर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता गरिएको बिद्यालयले जनाएको छ । समिती पुनर्गठन कार्यक्रमबाट बिद्यार्थिमा जिम्मेवारी महसुस हुनुका साथै सामाजिकिकरण ,नेतृत्व बिकास जस्ता सकारत्मक परिवर्तन हुने र सफा र स्वच्छ वातावरणमा सरुवा रोगको प्रकोप न्यून हुने बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभयो ।
पुनर्गठित सरसफाइ समितिको अध्यक्षमा मदन बि.क.उपाध्यक्ष खुमन रेस्मी सचीव हसिना राकसकोटि सह सचिव कमल सर्तुङ्गे शिक्षक प्रतिनिधि गिता ढकाल सदस्यहरु झविकला थापा,अर्चना सर्तुङ्गे,अनमोल गाहा,रिजना राकसकोटी ,गृष्मा पुन,रेशिका राकसकोटी, बिक्रम सर्तुङ्गे,लगाएत सदस्यहरु रहेका छन ।
यस्तै बालक्लबको अध्यक्षमा होम बहादुर सिंजाली,उपाध्यक्ष शिशिर राकसकोटी,सचिव तिर्सना सर्तुङ्गे,सह सचीव अभिषेक गाहा,शिक्षक प्रतिनिधि संगिता राकसकोटी सदस्यहरु सृष्टि सिंजाली,रेखा सर्तुङ्गे,प्रताप सनारी,मनभुजा बि.क.,निर्मला रेश्मी,आइसा पुन,बिन्दास राकसकोटी लगाएत सदस्यहरु रहेका छ्न ।
नवगठित समितिले आफ्ना क्रियाकलापहरु समितिको भेला बाट निर्णय गराइ प्रत्यक दिन करिव दस मिनेट आफ्नो कार्य प्रस्तुत गर्ने बिद्यालयले जनाएको छ । कार्यक्रम बिद्यालयका सहायक प्रधानाध्यापक सोम बहादुर पेमि मगरको अध्यक्षता,शिक्षिका संगिता राकसकोटिको सहजिकरण तथा शिक्षिका गिता ढकालको सन्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend